बाँदरमुढे पीडितका परिवार सदस्यद्वारा स्मारकस्थलमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण

296
SwadeshPost

बाँदरमुढे घटनामा परी घाइते तथा मृतकका परिवार सदस्यहरु बाँदरमुढे स्मारकस्थल पुगी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पीडित परिवारका सदस्यहरु बिहान स्मारक स्थलमा पुगी एक मिनेट मौनधानरण गरेको र त्यसपश्चात दियो तथा अगरबत्ती बाली फूल चढाइएको समितिका अध्यक्ष मुक्ति प्रसाद न्यौपानेले जानकारी दिनुभयो । पीडित परिवारले हरेक बर्ष जेष्ठ २३ गतेका दिन मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन् ।

१५ बर्षअघि, तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका बेला माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको घटनामा बालबालिकाहरु सहित ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । मृतक र घाइतेहरुको स्मरणमा माडी नगरपालिका वडा नं. ६ स्थित बाँदरमुढे खोला किनारमा स्मारक निर्माण भएको छ । त्यसैगरी माडी नगरपालिकाले स्मारक वरपरको क्षेत्रमा संग्रहालय सहितको पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

SwadeshPost