माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा ६८ जनाले गरे रक्तदान

113
SwadeshPost

माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा १४ महिलासहित कूल ६८ जनाले रक्तदान गरेका छन् ।

साहारा युवा क्लब ब्रह्मपुरी र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना एवं माडी नगरपालिका वडा नं. ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन भएको हो । आयोजक साहारा युवा क्लबका अध्यक्ष सागर घतानेलाई व्लड ब्याग प्रदान गरी माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कोभिड १९ रोगको संक्रमण नियन्त्रणका लागि लकडाउन रहँदा मेडिकल शहरका रुपमा परिचित चितवनमा रगतको अभाव देखिएको सन्दर्भमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षको भनाई छ । रक्तदानमा सहभागी भएका रक्तदाता एवं सहयोगी र प्राविधिकहरुलाई आयोजकले कृतज्ञता ज्ञापन समेत गरेको छ ।

SwadeshPost