माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा

330
SwadeshPost

स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले अाज दिनभरसंगै भोलि (अाइतबार) बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आइतबार भने देशका धरैजसो स्थानमा सामान्य बदली रहने छ।

यस्तै, माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम २३ डिग्री सेल्सियस रहेको छ । माडीमा यतिखेर हावाको गति ५ किलोमिटर प्रतिघण्टा र सापेक्षित आद्रता ९१ प्रतिशत मापन गरिएको छ । पछिल्लो २४ घण्टामा माडीको हरिनगरस्थित बर्षामापन केन्द्रमा ०.४ मिलिमिटर बर्षा मापन भएको छ ।

SwadeshPost