भरतपुर अस्पतालमा उपचाररत माडीका एक युवकको मृत्यु

102
SwadeshPost

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत माडीका एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको हो ।

भारतबाट करिब दुई साता अघि माडी आएका उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा आज बिहान उनकाे करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बताएकाे छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न भने स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।

SwadeshPost