भरतपुर अस्पतालमा मृत्यु भएका युवामा कोरोना नरहेको पुष्टी

194
SwadeshPost

भरतपुर अस्पतालको आईसीयूबाट मृत्यु भएका माडीका युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टी भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा भएको स्वाब परीक्षणमा माडी-६ कल्याणपुर निवासी बर्ष २७ का हरि नामले चिनिनुहुने मीनराज सुवेदीको रिपोर्ट नेगेटिभ आएको हो ।

यसअघि, माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनमा राखिएका उहाँलाई ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आई.सी.यू.मा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब साढे १० बजे उहाँको मृत्यु भएको थियो ।

SwadeshPost