माडी न.पा का जनप्रतिनिधी र कर्मचारीहरु सि.यु.जी. सेवा प्रयाेग गर्दै

230
SwadeshPost

माडी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सहज र सुपथ सम्पर्कका लागि मोबाइलमा क्लोज्ड् युजर ग्रुपको सिमकार्ड प्रयोग सुरु गरेका छन् ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले देशका अन्य स्थानीय निकायसरी माडी नगरपालिकामा समेत सि.यु.जी. सेवा प्रदान गरेको हो । कोरोना महामारीको वर्तमान समयमा सो सेवा पहिलो महिना पूर्णतः निःशुल्क रहने नगरपालिकाका बिपद् फोकल पर्सन सन्तोष सुवेदीले जनाउनुभयो । सि.यु.जी. सिमकार्ड माडी नगरपालिकाका नगर-प्रमुख, उप-प्रमुख, वडाध्यक्षहरु सहित ५० जना जनप्रतिनिधीहरुले चलाउनेछन् । त्यसैगरी नगरपालिका कार्यालय, वडा कार्यालयहरु, सबै शाखाहरु र माडीका स्वास्थ्यकर्मीहरु गरी करीब १२५ जनाले समेत सो सेवा प्रयोग गर्ने सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost