आधारभुत बिद्यालय गोबिन्दबस्ती एकान्तबासका २४ जना घर फर्किए

91
SwadeshPost

प्रवासबाट आउँदा माडीको बगहीँस्थित आधारभुत बिद्यालय गोबिन्दबस्ती एकान्तबासमा राखिएका २४ जनालाई घर पठाइएको छ ।

कम्तीमा १७ दिनसम्म क्वारेन्टाइनमा राखी उनीहरुलाई घर पठाइएको हो । ४ दिनअघि उनीहरुको स्वाब परीक्षण भएकोका सबैको रिपोर्ट नेगेटिभ आएको थियो । घर पुगेपनि उनीहरु सबैजना एक सातासम्म अरुसंग भेटघाट र सम्पर्कमा नआए सेल्फ होम क्वारेन्टिनमा रहने निर्देश गरिएको माडीका जनस्वास्थ्य संयोजक शिव सुबेदीले जानकारी दिनुभयो ।

गत जेष्ठ ४ गते भारतबाट स्वदेश फर्किने क्रममा सीमावर्ती भिखना ठोरीमा रोकिएका उनीहरुलाई नेपालकै सशस्त्र प्रहरी बलले लखेटेर भारततर्फ नै फिर्ता गरिदिएको थियो । त्यसपछि दुई चरणमा गरी उनीहरु भारतीय क्वारेन्टाइनबाट निक्लिएर पैदल यात्रा गरी नेपाल प्रवेश गरी माडी आइपुगेका थिए । माडीमा उनीहरुको स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा आधारभुत बिद्यालय गोबिन्दबस्तीमा क्वारेन्टाइनमा राखिएको थियो ।

SwadeshPost