माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी

164
SwadeshPost

माडी नगरस्तरीय दलित समितिले माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी राखेको छ ।

वागमती प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम अन्तगत हाल माडीका ९ वटा वडाहरुमा २० वटा घरहरु बनिसकेका छन् भने २० वटा निर्माणको चरणमा रहेका छन् । कार्यक्रम अन्तरगत माडी नगरपालिका वडा नं. १, २, ५, ६ र ९ मा समान ४/४ वटा, वडा नं. ३ मा ३ वटा, वडा नं. ४ मा ६ वटा, वडा नं. ७ मा ५ वटा र वडा नं. ८ मा ७ वटा घरहरु निर्माणको कार्यक्रम रहेको समितिकी सदस्य ईन्दिरा विश्वकर्माले जनाउनुभयो ।

हरेक घर निर्माणमा समितिका पदाधिकारी र सदस्यहरु स्वयम् सहभाी भई श्रमदान गर्ने गरेका छन् । विगतमा खरको छानो भएका साना र असुरक्षित घरमा बसोबास गर्नुपरिरहेका अति बिपन्न दलित परिवारले नयाँ घरमा बस्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

SwadeshPost