माडी क्याम्पसभित्र १७ सैयाको आइसोलेशन उपचार कक्ष बन्दै

88
SwadeshPost

प्रवासबाट फर्किएर माडीका विभिन्न क्वारेन्टाइनहरुमा राखिएकाहरुको संख्या बढ्दै जाँदा कसैको पि.सि.आर. रिपोर्ट पोजेटिभ देखिएकामा आइसोलेसन कक्षमा राखिने भएको छ ।

यसका लागि माडी नगरपालिकाले माडी क्याम्पसभित्र १७ सैयाको उपचार कक्ष निर्माण थालेको छ । सो कक्षमा पि.सि.आर. रिपोर्ट पोजेटिभ देखिएकालाई राख्ने तथा थप उपचारको व्यवस्था मिलाइने जनाइएको छ । आइसोलेशन उपचार कक्ष बनाउने कार्यमा सहयोग स्वरुप बसन्तपुर बजारमा नवगठित बसन्तपुर युथ क्लबसम्बद्ध युवाहरुले स्वयम्सेवकको भूमिका निर्वाह गरेको क्लबका प्रतिनिधि मिलन पनेरुले जानकारी दिनु भयो ।

SwadeshPost