माडीमा समेत भित्रियाे काेराेना÷ आज एकैदिन ६ जनामा पुष्टी

182
SwadeshPost

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेकाहरुमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

क्वारेन्टाइनमा रहेका १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सबैजनाको स्वास्थ्य सामान्य रहेको र कसैमा पनि लक्षण नदेखिएको जनाइएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा २० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुने क्रममा माडीमा रहेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गत ज्येष्ठ २४ गते बिहान क्वारेन्टाइनमा रहेका ७० जनासहित कुल ९० जनाको पि.सि.आर. बिधीबाट परीक्षणका लागि स्वाब संकलन भएको थियो । उनीहरु जेष्ठ १० गते सुनौली र कृष्णनगर नाकाबाट ल्याइएका थिए । उनीहरुको क्वारेन्टाइन बसाई अवधी १४ दिन पुरा भएसंगै पि.सि.आर. परीक्षण गरिएको हो । क्वारेन्टाइन सेन्टरमा रहेका ७० जनासंगै उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको स्वाब संकलन गरिएको थियो ।

SwadeshPost