माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ

219
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उहाँसंगै वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ १० गते सुनौली र कृष्णनगर नाकासम्म पुग्नुभएको थियो । उहाँद्वयसंगै नाकामा पुग्नुभएका माडीका अर्का वडाध्यक्ष रामबन्धु पोखरेलको भने भोलि मंगलबार मात्रै स्वाब संकलन हुनेछ । बरुवास्थित क्वारेन्टाइन सेन्टरमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मेस सञ्चालक र बाहिर रहेका अरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

क्वारेन्टाइन भित्र रहेकामध्ये भने १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि हुने क्रममा माडीमा रहेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

SwadeshPost