माडीमा फरक क्षमता भएका व्यक्तिहरुको संस्थाले सुरूगर्याे अदुवा खेती

738
SwadeshPost

कृषि ज्ञान केन्द्र भरतपुरको सहयोगमा माडी १ कल्याणपुर गाउँमा अदुवा खेती गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुको संस्था ईको सामुदायिक कृषि सहकारीले कृषि ज्ञान केन्द्र भरतपुरको ३ लाख रुपैंया अनुदानमा अदुवा खेती सुरु गरेको हो ।

यस कार्यक्रम अन्तरगत १२ कठ्ठा क्षेत्रफल जमीनमा अदुवा रोपिएको छ । अदुवा रोप्ने कार्यक्रम ईको सामुदायिक कृषि सहकारी का अध्यक्ष सीता बि.क.को अध्यक्षता र माडी नगरपालिकाका सहकारी संयोजक ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । अदुवा खेतीबाट भएको आम्दानी सहकारीको कोषमा जम्मा हुने जनाइएको छ ।

SwadeshPost