चितवनमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव गाडेर गरियाे अन्त्येष्टि

314
SwadeshPost

चितवनमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनकाे भरतपुर अस्पतालको आईसीयूमा अाज (मंगलबार) विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएकाे थियाे । मुटु र निमोनियाको समस्यासमेत रहेका भरतपुर-११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबिच, चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि गरिएको छ । उनको जातीय संस्कार अनुरुप भरतपुर महानगरपालिका-१ स्थित बागीश्वरी जंगलको नारायणी नदी तटीय क्षेत्रमा अन्त्येष्टि गरिएको हो । भरतपुरको आइसीयूबाट नेपाल आर्मीको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव निकालेको थियो । मृतकका परिवारले पूजापाठ गरेपछि उनको शव गाडेर अन्त्येष्टि गरिएको हो ।

SwadeshPost