माडीमा शिक्षक र अभिभावकहरूकाे सहकार्यमा विधालय सुधारका काम हुँदै

387
SwadeshPost

लकडाउनको समयमा स्थानीय विद्यालय बन्द रहँदा माडी-२, भैरवपुरका युवाहरुले विद्यालयमा बाल उद्यान निर्माणका लागि श्रमदान गरेका छन् ।

भैरवपुर आधारभूत विद्यालयका शिक्षकहरुले स्थानीय युवाहरुको सहयोगमा स्कुल सरसफाई गरी बाल उद्यान निर्माण गरिरहेका हुन् । लकडाउन खुलेलगत्तै गाउँका बालबालिका गाउँकै विद्यालयमा पढाउने भन्दै गाउँलेहरु विद्यालयलाई राम्रो बनाउने अभियानमा जुटेको स्थानीय युवा सुमन न्यौपाने बताउनुहुन्छ ।

उता, समुदायको सहयोगमा समायोजन हुनबाट जोगिएको दिवानगर आधारभूत विद्यालयका शिक्षक र अभिभावकहरुले लकडाउनको समयमा विद्यालयमा सरसफाई गरी वृक्षारोपण गरेका छन् । शिक्षक र अभिभावकहरुले भौतिक दुरी कायम राखी दैनिक जसो बिद्यालय सरसफाईमा ध्यान दिइरहेको विद्यालयले जनाएको हो ।

SwadeshPost