माडीमा असार १ देखि रेडियो पाठशालामार्फत शिक्षण हुने

265
SwadeshPost

माडी नगरपालिका शिक्षा शाखाले आउँदो असार १ गते बाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई रेडियो पाठशालामार्फत शिक्षण गर्न लागेको छ ।

यस कार्यक्रम अन्तरगत कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई माडीका तीनवटै एफ.एम. रेडियोहरुमार्फत शिक्षण हुनेछ । कक्षा ४ को शिक्षणका लागि राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहा, कक्षा ५ का लागि ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरी, कक्षा ६ का लागि जनजीवन माध्यमिक विद्यालय, कक्षा ७ का लागि दिवाकर स्मृति विद्यालय, कक्षा ८ का लागि सोमेश्वर माध्यमिक विद्यालय, कक्षा ९ का लागि जनकल्याण माध्यमिक विद्यालय र कक्षा १० का लागि माडी माध्यमिक विद्यालयले शिक्षक व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन् ।

कोरोना भाइरसको महामारी बढ्दै जाँदा नियमित पठनपाठन अवरुद्ध भइरहेसंगै माडी नगरपालिकाले बैंकल्पिक शिक्षण विधीका रुपमा रेडियो पाठशाला सञ्चालन गर्न लागेको हो । प्रारम्भीक बाल कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीहरुलाई भने घरकै अग्रज बुबा आमा दाजु दिदी आदिको सहजिकरणमा सिकाईका क्रियाकलाप गर्न नगर शिक्षा शाखाको अनुरोध छ । त्यसैगरी माडीका पुस्तक विक्रेताहरुसंग समन्वय गरी जारी जेष्ठ महिनाभित्रै विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्न पनि शिक्षा शाखाले अनुरोध गरेको छ ।

SwadeshPost