माडीका क्वारेन्टाइन सेन्टरहरुलाई सहयोगकाे क्रम जारी

423
SwadeshPost

माडीका क्वारेन्टाइन सेन्टरहरुलाई स्थानीयबासी, समूह एवं संघसंस्थाहरुबाट सहयोग प्रदान हुने क्रम निरन्तर जारी छ ।

पछिल्लो २४ घण्टाभित्र माडीको बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइनको सहयोगार्थ सोही विद्यालयबाट बि.सं. २०५७ मा एस.एल.सी. उत्तीर्ण व्याचका पूर्व विद्यार्थीहरुले ६ हजार रुपैंया बराबरको खाद्य सामग्री प्रदान गरेका छन् । त्यसैगरी बसन्तपुर बजारका व्यवसायीहरु नारायण प्रसाद भट्टराई र चन्द्र सुवेदीले खाद्यान्न सामग्री तथा स्थानीय कृषकहरु सुशीला श्रेष्ठ, बुद्धिराम महतो, शुक्रराज महतो, गुणराज महतो र बुद्धिराम महतोले हरियो तरकारीहरु प्रदान गर्नुभएको क्वारेन्टाइनको व्यवस्थापनमा खपटएको बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिनुभयो ।

त्यसैगरी यस अवधीमा माडीको अर्को क्वारेन्टाइन सेन्टर दिवाकर स्मृति विद्यालय रमाईलोडाँडाका लागि ग्लोबल आई.एम.ई. बैंक माडी शाखाका कर्मचारी अशोक रिमालबाट ५४ पिस कपडा धुने साबुन र राधापुर निवासी सरस्वती भुषालबाट १० के.जी. मासु उपलब्ध भएको वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो । अन्य क्वारेन्टाइनहरुमा पनि स्थानीयबासीहरुले सहृदयतापूर्वक सहयोग प्रदान गरिरहेको सम्बन्धित वडास्तरीय बिपद् व्यवस्थापन समितिहरुले जनाएका छन् ।

SwadeshPost