माडी नगरक्षेत्र ‘सिल्ड’: जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्स जिम्मेवारीमा

309
SwadeshPost

एक साताका लागि माडी नगरक्षेत्र ‘सिल्ड’ रहँदा जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्सले आपसी समन्वयमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ ।

माडी प्रवेश गर्ने र बाहिरिने कसरा र बगहीँ नाकामा सेनाको टोली थप जिम्मेवारीसहित खटिएको हो । त्यसैगरी भारतबाट अवान्छित रुपमा माडी छिर्नसक्ने छिद्र नाकाहरुसंगै सोमेश्वर र बाँदरझुला क्षेत्रमा शसस्त्र प्रहरी बलको टोली ड्युटीमा रहेको छ । त्यसैगरी माडीको बजार र गाउँ क्षेत्रमा जनपद प्रहरीहरुसंगै शसस्त्र प्रहरी बलको अर्को टोलीले निरन्तर गस्ती पेट्रोलिङ गरिरहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो । बिहीबारदेखि लागु रहेको शिलबन्दीको पहिलो दिन प्रहरीले करीब २५ वटा मोटरसाइकलको हेल्मेट र केहि चाबीहरु नियन्त्रणमा लिएको उहाँले जनाउनुभयो ।

माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको थियो । यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ चितवनसंगै माडी क्षेत्रमा समेत देखिईसकेको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सो निर्णय गरिएको समितिको भनाई छ ।

SwadeshPost