भरतपुर कोरोना विशेष अस्पताल: “गुणस्तरियता न्युन हुँदा झनै असुरक्षित महसुस”

310
SwadeshPost

भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि राखिएका माडीका कोरोना संक्रमितहरुले अस्पतालमा खाना, सरसफाई र अन्य आधारभूत सेवा गुणस्तरहीन रहेको आरोप लगाइका छन् ।

सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गर्दै एक संक्रमितले अस्पतालमा आफूहरुलाई राखिएको आइसोलेशन वार्डको भुइँमा शौचालयबाट निक्लेको फोहोर पानी बगेर ताल परेको आरोप लगाएका हुन् । त्यसैगरी तथा गुणस्तरहीन खाना दिने गरेको, सामाजिक दुरीमा राखिएका ५ जनाको लागि एउटामात्र स्ट्याण्ड पंखा दिइएकाले अत्यन्त गर्मी हुनेगरेको र अन्य आधारभूत बिषयमा समेत अस्पतालले ध्यान दिन नसकेको दुखेसो गरिएको छ । यसबारे अस्पताललाई जानकारी गराएपनि समाधान भने हुन नसकेको र अस्पतालमा प्रदान गरिएकाे सेवाकाे गुणस्तरियता न्युन हुँदा आँफूहरू झनै असुरक्षित महसुस गरेकाे संक्रमितहरूकाे गुनासो छ ।

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहँदा कोरोना पुष्टी भएका १ महिला सहित ६ जना संक्रमितहरुको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको हो । कोरोना पोजेटिभ रहेको रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरुलाई गत सोमबार नै एम्बुलेन्समार्फत कोरोना अस्पताल पठाइएको थियो ।

SwadeshPost