कोरोना पुष्टी भएकामध्ये ७ जनाको माडीमा उपचार जारी

110
SwadeshPost

माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइन सेन्टरबाट कोरोना पुष्टी भएकामध्ये ७ जना संक्रमितहरुको उपचार माडीकै बघौंडा अस्पतालको मातहतमा जारी रहेको छ ।

बघौंडा अस्पताल अन्तर्गत माडी क्याम्पसको भवनमा बनाईएको आइसोलेशन वार्डमा क्लोज मोनिटरिङसहित उनीहरुको उपचार जारी रहेको हो । गत जेष्ठ ३० गते ८ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा १ जनाबाहेक अरु सबैलाई सो आइसोलेशन केन्द्रमा राखी उपचार भईरहेको माडीका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । उनीहरु १९ देखि ५१ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन ।

कोरोना संक्रमितहरुको उपचारका लागि सो वार्डमा ३० वटा आइसोलेसन बेड रहेको तथा र बघौंडा अस्पतालमा २ बेड आई.सि.यु. जडान हुन लागेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । माडीका अन्य ७ जना कोरोना संक्रमितहरुको भने भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

SwadeshPost