माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन

249
SwadeshPost

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा रहनुभएका माडी ब्रह्मपुरीका एक प्रवासीको दुःखद निधन भएको छ ।

माडी-५, ब्रह्मपुरी निवासी अन्दाजी ५० बर्षीय टेक बहादुर पोखरेलको प्रवास बसाइकै क्रममा देहावसान भएको हो । आफ्नै कम्पनीमा काम गर्ने क्रममा उहाँको देहान्त भएको साउदी अरेबियास्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । दिवंगत पोखरेलको शव नेपाल ल्याउन आवश्यक पहल सुरु भएको तर, लकडाउनका कारण बैदेशिक उडान बन्द रहँदा केहि ढिलाई हुनसक्ने माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो ।

दिवंगत पोखरेलको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । श्रीमती तारा पोखरेल माडीमा सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशील रहनुभएको छ भने छोरी प्रिती (एलिना) पोखरेल सामुदायिक रेडियो माडीमा स्टेशन व्यवस्थापकको जिम्मेवारीमा रहनुभएको छ ।

SwadeshPost