माडी मा.वि क्वारेन्टाइन सहितका सबै ७२ जनाको पि.सि.आर. रिपाेर्ट नेगेटिभ

164
SwadeshPost

प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७२ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गरिएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । रिपाेर्टकाे नतिजा जिल्ला काेभिड विपद व्यवस्थापन केन्द्र चितवनकाे आधिकारिक फेसबुक पेज (काेभिड इन्फाे चितवन) मार्फत जनाइएकाे हाे ।

यसरी काेभिड-१९ परिक्षण गरिएकाहरुमध्ये क्वारेन्टाइनमा रहेका ५४ जना र त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उनीहरुको सम्पर्कमा रहेकाहरू छन् । माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा सो क्वारेन्टाइनमाल गत जेष्ठ ३२ गते स्वाब संलकन गरेको हो ।

माडी मा.वि. क्वारेन्टाइनमा दुईवटा समूह रहेकोमा पहिलो समूह जेष्ठ १८ गते राती तथा दोश्रो समूह जेष्ठ २३ गते रातीबाट त्यहाँ राखिएका हुन् । माडी नगरपालिकाले सुनौलीको स्थानीय प्रशासन र सुरक्षा निकायसंग फोनमार्फत समन्वय गरी उनीहरुलाई त्यहाँ ल्याएको हो ।

SwadeshPost