पि.सि.आर. रिपोर्ट नेगेटिभ आएपछि माडी मा.वि क्वारेन्टाइन सेन्टरका सबैलाई घर पठाइयाे

277
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएका सबैलाई घर पठाइएको छ ।

क्वारेन्टाइनमा राखिएका ५४ जनाकै पि.सि.आर. रिपोर्ट नेगेटिभ आएसंगै सबैलाई बिदाई गरी घर पठाइएको माडी ३ का वडाध्यक्ष पुरन महतोले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा असार १ गते स्वाबको नमुना परीक्षण भएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसैबिच, क्वारेन्टाइन सेन्टरको बसाई असहज भएपनि सुबिधापूर्ण रहेको त्यहाँ क्वारेन्टाइनमा राखिएकाहरुको प्रतिक्रिया छ । क्वारेन्टाइनमा रहँदा खाना, खाजा र अन्य अत्यावश्यक पक्षहरुमा राम्रो व्यवस्थापन गरिएको उनीहरुको भनाई थियो । आज एकाबिहानै सबैको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएसंगै सबैमा खुसी र उत्साह छाएको उनीहरुको टिप्पणी थियो ।

SwadeshPost