प्रदेश सरकारकाे प्राथमिकतामा माडी÷आगामी आ. व. का लागि अर्गानिक पकेट क्षेत्र निर्माणकाे कार्यक्रम

212
SwadeshPost

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि माडी क्षेत्रमा अर्गानिक पकेट क्षेत्र निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्नुहुँदै माडीमा प्राङ्गारिक कृषि उत्पादनको कार्यक्रम सार्वजनिक गर्नुभएको हो । त्यसैगरी माडीमा सामूहिक खेती प्रवर्धन कार्यक्रम थप विस्तार गरिने बागमती प्रदेशको बजेटमा उल्लेख छ । यसबाहेक मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न तथा कृषि बालीहरुको सुरक्षाका लागि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय तहको समन्वयमा पर्खाल निर्माण कार्यको निरन्तरतको लागि बजेट व्यवस्था गरिएको छ ।

समग्र चितवनका लागि भने बकुलहरमा रहेको रत्ननगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइने, चितवनमा चक्लेट र क्याटवरीसहितको दूध प्रशोधन केन्द्र निर्माण गर्ने, शीतभण्डारको निर्माण अगाडि बढाउने, एक सय हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरी यान्त्रिकीकरणसहित मत्स्य विकास तथा विस्तार कार्यक्रम सञ्चालन गर्ने, दासढुंगा र गाँजीपुरमा दासढुंगा नारायणी एकीकृत विकास परियोजना सञ्चालन गर्ने लगायतका योजनाहरु समावेश गरिएका छन् ।

SwadeshPost