साेमेश्वर मा.वि क्वारेन्टाइन सेन्टरमा रहेका ६४ जना घर फर्किए

229
SwadeshPost

सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएका ६४ जनालाई एक साता होम क्वारेन्टाइनमा रहने सर्तसहित घर पठाइएको छ ।

गत जेष्ठ १० गते पश्चिमी नेपालको सुनौली र कृष्णनगर नाकाबाट उद्धार गरिएका उनीहरूलाई बरूवा बजारस्थित सो क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन सेन्टरमा कुल ७० जनालाई राखिएकोमा उनीहरूमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो, जसको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । करीब २६ दिन लामो क्वारेन्टाइन बसाइपछि थप स्वास्थ्य परीक्षण गरी उनीहरूलाई घर पठाइएको भएपनि थप एक साता उनीहरू सबैजना होम क्वारेन्टाइनमा रहनुपर्नेछ ।

यसैबिच, सोमेश्वर मा. वि. एकान्तबासमा पहिलो समूह सञ्चालनका लागि सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरिएको छ । क्वारेन्टाइनमा सघाउने सम्पूर्ण सहयोगदाता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भान्सा सञ्चालक र वडाबासीह?मा सोमेश्वोर मा. वि. एकान्तबास सञ्चालक समिति तथा माडी १ वडा कार्यालयका तर्फबाट आभार ब्यक्त गरिएको हो ।

SwadeshPost