कृषि यान्त्रिकीकरण प्रवर्द्धन: ५० प्रतिशत अनुदानमा कृषि साधनहरु प्रदान गरिने

664
SwadeshPost

कृषि ज्ञान केन्द्र भरतपुरले जारी आर्थिक बर्षमा माडीका १५ वटा कृषिजन्य संघसंस्था र कम्पनीहरुलाई ५० प्रतिशत अनुदानमा कृषि साधनहरु प्रदान गर्दैछ । कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम अन्तरगत खेत जोत्ने, धान काट्ने, आली लगाउने, छाँटी काट्ने, आलु खन्ने, मकै छोडाउने लगायतका मेसिनहरु अनुदानस्वरुप उपलब्ध गराउने सम्झौता भएको हो ।

यस कार्यक्रम अन्तरगत अयोध्यापुरी महिला कृषि सहकारी संस्थालाई धान काट्ने मेसिन र आली लगाउने मेसिन, किसान जागृति विजबृद्धि समूह बरुवालाई रोटाभेटर, घाँस काट्ने मेसिन र छाँटी काट्ने मेसिन, माडी बहुउद्देश्यीय सहकारीलाई रोटाभेटर र मकै छोडाउने मेसिन, मितेरी कृषि सहकारीलाई रिपर, रोटाभेटर र मकै छोडाउने मेसिन, किसान जागृति विजबृद्धि कृषि सहकारीलाई रोटाभेटर, रिपर, व्याट्री स्प्रेयर र मकै छोडाउने मेसिन तथा सुर्योदय कृषि सहकारी संस्था लिमिटेडलाई आलु खन्ने र धान रोप्ने मेसिन अनुदानस्वरुप प्रदान हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यसैगरी, रीउ किनारमा घाँस खेती गरेको माउण्ट अन्नपूर्ण ग्रुप प्रा.लि.लाई रोटाभेटर, कृषक अशोक लामिछानेको वातावरण अनुकूलित च्याउ फर्म तथा अनुसन्धान केन्द्रलाई व्याट्री स्प्रेयर र छाँटी काट्ने मेसिन, कृषक निलकण्ठ काफ्लेको माडी एग्रो फर्मलाई छाँटी काट्ने मेसिन र आली लगाउने मेसिन (रिजर) र चुरे अगुवा कृषि समूहलाई ट्रयाक्टर प्रदान हुँदैछ ।

SwadeshPost