परुइ खोला किनारमा बसोवास गरेका सुकुम्बासी तथा चेपाङ परिवारहरूलाई झुल

351
SwadeshPost

माडी नगरपालिका वडा नं ७ को परुइ खोला किनारमा बसोवास गरेका ५५ परिवारलाई आज शनिबार झुल बितरण गरिएको छ ।

वैदेशिक रोजगारको लागि हाल जापान टोकियोमा रहनुभएका भरतपुर महानगरपालिका पालिका वडा नं ४ निवासी डम्मर थापाको सहयोगमा ५५ परिवारको लागि प्रति परिवार २ बटाका दरले झुल वितरण गरिएको हो । झुल वितरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालले माडी बासीको दुःख पीडामा नगरपालिकाले सँधै साथ दिने बताउँदै सहयोगी डम्मर थापालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेकपा चितवनका युवा नेता श्रीप्रसाद दवाडी, सहयोग जुटाउन समन्वय गर्ने नारायण सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यहाँ बसोबास गर्नेहरुका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानीको समस्या रहेको सोही ठाउँमा बसोबास गर्ने कमल चेपाङले बताउनुभयो । सो स्थानमा ५२ चेपाङ परिवार र ३ स्थानीय सुकुम्बासीको बसोबास रहेको छ । चेपाङ परिवार गतवर्षको बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा माडी ९ कुसुम खोलाबाट आएर बसोबास गरेका हुन् ।

SwadeshPost