चैते धानमा समेत जंगली हात्तीको विनाश

254
SwadeshPost

माडीका कृषकहरुले लगाएको चैते धानलाई समेत जंगली हात्तीको बथानले विनाश गर्न थालेको छ ।

पूर्वी माडीको कृष्णनगर, राईटोल र बगहीँ लगायतका क्षेत्रमा लगाइएको चैते धाममा बच्चा सहितको जंगली हात्तीको बथानले विनाश गरेको हो । भित्र्याउने बेला भएको धान विनाश गर्नुका साथै हात्तीको बथानले कृष्णनगर क्षेत्रमा लगाइएको मेसजालीको पिल्लरहरु ढालेर क्षती पु-याएको छ । मेसजालीको ५ वटा खम्बामा क्षती पुगेको र एक दर्जन किसानहरुको धानबालीमा हात्तीले विनाश गरेको माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

सामान्यतः असोज देखि मंसिरसम्म बर्षे धानबाली भित्र्याउने समयमा माडी क्षेत्रमा जंगली हात्तीको आतंक बढ्ने गर्छ । तर सिंचाईको सुबिधा रहेका पूर्वी माडीका केहि गाउँहरुमा कृषकहरुले चैते धान लगाएकोमा त्यसमा पनि हात्तीको आँखा परेसंगै असारमा पनि जनधनको क्षती हुने डर बढेको पूर्वी माडी क्षेत्रबासीहरुको भनाई छ ।

SwadeshPost