माडीका सबै वडाहरुमा विपद् व्यवस्थापन योजना बनाइने

349
SwadeshPost

बाढीजन्य विपद्ले सताउँदै आएको माडी नगर क्षेत्रका सबै वडाहरुमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले विपद् व्यवस्थापन योजना बनाउने भएको छ ।

बाढीजन्य विपद्को क्षेत्रमा क्रियाशील सो संस्थाले गतबर्ष माडी नगरपालिका वडा नं. ३, ५ र ६ को वडास्तरीय विपद् व्यवस्थापन योजना पुस्तिका तयार गरेकोमा यसबर्ष थप ३ वटा र आगामी बर्ष बाँकी ३ वटा वडाहरुको योजना पुस्तिका बनाउने भएको हो । नगरस्तरीय बिपद् व्यवस्थापन समितिको बैठकममा आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले सो जानकारी गराउनुभएको हो ।

जापानी सहयोगी संस्था साप्लानीरको सहयोगमा सो संस्थाले हालै माडीको रौतने खोलाको तल्लो तटीय क्षेत्रमा तटबन्धन कार्य पुरा गरेको छ । गतबर्ष सो संस्थाले बाँदरमुढे खोलामा तटबन्धन कार्य पुरा गरी माडी नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

SwadeshPost