चौतर्फी दबाबसंगै माडी बरुवास्थित चिस्यान केन्द्रद्वारा दुध संकलन सुरु

915
SwadeshPost

चौतर्फी दबाबसंगै दुग्ध बिकास संस्थान अन्तरगत माडी बरुवास्थित चिस्यान केन्द्रले दुध संकलन सुरु गरेको छ ।

केन्द्रले आज आइतबार साँझबाट दुध संकलन र चिस्यान सञ्चालन सुचारु गरेको चिस्यान केन्द्र प्रमुख रामकेवल रायले जानकारी दिनुभयो । यसअघि दुग्ध बिकास संस्थानले माडीसंगै चितवन जिल्लाभर दुग्ध संकलन कार्य रोकेको थियो ।

मुग्लिङ्ग नारायणगढ सडक खण्डमा पहिरो खसी अवरोध हुँदा समयमै दुध काठमाडौं पु-याउन नसकिएको र यसका कारण दूध फाट्ने समस्या भई संस्थानलाई आर्थिक क्षती भएको भन्दै माडीसंगै चितवनमा मिल्क होलिडे लागु भएको थियो । तर यसबाट व्यवसायिक पशुपालक एवं दुग्ध उत्पादक कृषकहरु भने प्रभावित भएका थिए । बिहान साँझ दुध बेचेर गुजारा गरिरहेका कृषकहरुसंगै कृषि क्षेत्रका सरोकारवालाहरुको दवाबका कारण संस्थानले २ दिनमै दुग्ध संकलन सुचारु गरेको हो ।

SwadeshPost