गरीब तथा जेहन्दार विद्यार्थीहरुको सहयोगार्थ बर्थडे फण्ड स्थापित

632
SwadeshPost

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा गरीब तथा जेहन्दार विद्यार्थीहरुको सहयोगार्थ बर्थडे फण्ड स्थापना भएको छ ।

विद्यालय व्यवस्थापन समितिको गत असार २ गतेको निर्णय अनुसार विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुले जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर कोषमा जम्मा गर्नेगरी बर्थडे फण्ड (जन्मदिन कोष) स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक राम बहादुर जि.सी.ले जानकारी दिनुभयो ।

कोषमा हालसम्म विद्यालय व्यवस्थापन समितिका सदस्य हरिशंकर कोइरालाबाट रु. २,०००।-, शिक्षक अभिभावक संघका अध्यक्ष गंगा बहादुर बरुवालबाट रु. १,५००।- र प्रधानाध्यापक जि.सी.बाट रु ३,६५०।- दाखिला भइसकेको छ । कोषमा संकलित रकमबाट विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठन र शैक्षिक कार्यमा सहयोग गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ ।

SwadeshPost