कोरोना पुष्टी भएका माडीका चारैजना संक्रमितहरुकाे उपचार सुरु

100
SwadeshPost

दोश्रोपटकको पि.सि.आर. परीक्षणमा कोरोना संक्रमण पुष्टी भएका माडीका चारैजना संक्रमितहरुलाई माडी क्याम्पसस्थित आइसोलेशन वार्डमा राखी उपचार सुरु भएको छ ।

माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका उनीहरुमा सोमबार बिहान कोरोना संक्रमण पुष्टी भएकोमा बघौंडा अस्पताल मातहतको माडी क्याम्पस आइसोलेशनमा सारिएको हो । गत जेष्ठ ३० गते उनीहरुको पहिलो पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको भएपनि लक्षण देखिएपश्चात दोश्रोपटक पि.सि.आर. परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । दोश्रो परीक्षणमा नेगेटिभ रिपोर्ट आएका ८ जनालाई भने होम क्वारेन्टाइनमा रहनेगरी घर पठाइएको छ ।

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा अझैपनि २७ जनालाई एकान्तबासमा राखिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले उनीहरु सबैको दोश्रोपटक पि.सि.आर. परीक्षण गर्ने तयारी गरेको जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost