प्रदेश सरकारद्वारा आगामी आ.व. का लागि माडीमा २२ वटा योजनाहरु स्वीकृत

94
SwadeshPost

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि माडी नगर क्षेत्रमा १३ करोड ८७ लाख रुपैंयाका २२ वटा योजनाहरु सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारले माडीमा नदी नियन्त्रणदेखि सिंचाई, खानेपानी, सामुहिक खेती, जडीबुटी खेती, बाटो कालोपत्रे, ढल निर्माण, पर्यटन विकास लगायतका २२ वटा योजनाहरुका लागि सो बजेट विनियोजन गरिएको प्रदेश ३ (ख) का साँसद रामलाल महतोले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश सरकारका तर्फबाट माडी नगरपालिकालाई ६ करोड ५९ लाख ७३ हजार रुपैंया बजेट प्रदान हुने भएको छ । त्यसमध्ये वित्तीय सामान्यिकरण अन्तरगत रु. १ करोड ३ लाख ३५ हजार, सशर्त अनुदान अन्तरगत २ करोड ५८ लाख ३३ हजार र समपुरक अनुदान अन्तरगत २ करोड ९८ लाख ५ हजार रुपैंया रहेको छ ।

यीमध्ये सशर्त अनुदान अन्तरगत प्रदेश साँसद महतोद्वारा माडी ३ को धोबाहा जाने रतनी खोलामा पुल निर्माणका लागि ५० लाख र माडी १ अम्बाबासदेखि लक्ष्मुनियाँ जाने बाटो कालोपत्रेका लागि ५० लाखको योजना छनौट भइसकेको छ । बाँकी रकमबाट माडी नगरपालिकाले नै नियमानुसार योजना छनौट गर्नेछ ।

SwadeshPost