परुइ किनारमा बसोवास गरेका ४० चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरित

301
SwadeshPost

वैदेशिक रोजगारको क्रममा हाल जापानमा रहनुभएका भरतपुर ४ निवासी डम्मर थापा र माडी ७ निवासी नारायण सापकोटाको सहयोगमा माडी नगरपालिका वडा नं ७, परुइ खोला किनारमा बसोवास गरेका ४० जना चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरण गरिएको छ ।

झोला वितरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगर उपप्रमुख तारा कुमारी काजी महत्तोले चेपाङ परिवारको समस्यमा सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दै माडी बासीको दुःख पीडामा नगरपालिकाले सँधै साथ दिने बताउनुभयो । कार्यक्रममा नेकपा चितवनका युवा नेता तथा सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी, नेकपा माडी नगरपालिका वडा नं ७ का नेता शिब बराल, वडा सदस्य जगन्नाथ लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

सहयोगको झोला ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । त्यहाँ बसोबास गर्नेहरुका लागि खाद्यान्न, लत्ताकपडा, खानेपानीको समस्या रहेको सोही ठाउँमा बसोबास गर्ने छवि चेपाङले बताउनुभयो । चेपाङ परिवार गतवर्षको बाढीले घरबास बगाएपछि माडी नगरपालिकाको समन्वयमा माडी ९ कुसुम खोलाबाट आएर परुई खोला किनारमा बसोबास गरिरहेका हुन् ।

SwadeshPost