बागमती प्रदेश सरकारको प्राथमिकतामा रीउ करिडोर परियोजना पर्न सकेन

341
SwadeshPost

माडीमा बहुउद्देश्यीय रीउ करिडोर परियोजना बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै प्रदेश साँसद रामलाल महतोले असन्तोष व्यक्त गर्नुभएको छ ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै सांसद महतोले संघीय सरकारको सिंचाई विभागले तयार गरेको करीब ९० करोड रुपैंया लागत रहेको रीउ करिडोर परियोजनाको डि.पि.आर. प्रदेश मुख्यमन्त्री र भौतिक योजना मन्त्रीलाई बुझाइएको भएपनि बजेटको प्राथमिकतामा नपरेको भन्दै दुःख व्यक्त गर्नुभएको हो । आफू र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सो परियोजनालाई प्राथमिकतामा राख्न विशेष पहल गरेको भएपनि प्रदेश सरकारले परियोजनामा केवल १ करोड मात्रै विनियोजन गरेकोमा उहाँको असन्तोष रहेको हो ।

त्यसैगरी डि.पि.आर. बनिसकेको सो योजनाका लागि गुरुयोजना निर्माणका लागि भन्दै छुट्टै २० लाख छुट्उयाएर प्रदेश सरकारले अर्थहीन काम गरेको पनि उहाँको टिप्पणी छ । त्यस्तै वाग्मती प्रदेश सरकारले विनियोजन गर्ने वजेट निकुञ्ज काे जनावरवाट प्रभावित अन्य ठाउँमा वितरण नगरि लगातार एकै ठाउँमा खन्याउँदै आएकोमा पनि उहाँले आलोचना गर्नुभयो ।

SwadeshPost