काेराेना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका माडीका सबै ६ जना डिस्चार्ज

273
SwadeshPost

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका सबै ६ जना डिस्चार्ज भएका छन् ।

सुरुमा कोरोना विशेष अस्थायी अस्पताल र पछि भरतपुर अस्पतालमा सारिएर उपचार गरिएका माडीका १ जना १४ बर्षिया किशोरी सहित २०, २४, २८, ४१ र ४६ वर्षका पुरुषहरु आज डिस्चार्ज भएका हुन् । अस्पतालमा उपचाररत २२ जना कोरोना संक्रमितहरु डिस्चार्ज हुने क्रममा उनीहरुलाई समेत डिस्चार्ज गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारको मापदण्ड अनुसार समय अवधी पुरा गरेका संक्रमितहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएका माडीका संक्रमितहरुलाई लिन माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र जनस्वास्थ्य संयोजक शिव सुवेदी लगायतको टोली भरतपुर अस्पताल पुग्नु भएको थियो । उनीहरु सबैलाई एम्बुलेन्समार्फत माडी ल्याइएको छ । डिस्चार्ज भएकाहरुलाई थप १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

SwadeshPost