दिवाकर स्मृति वि. क्वारेन्टाइनमा रहेका सबैको दोश्रोपटक स्वाब संकलित

303
SwadeshPost

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २७ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते एकान्तबासमा रहेका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसबखत नेगेटिभ देखिएकाहरुलाई घर पठाउनुअघि आर.डि.टी. बिधीबाट कोरोना परीक्षण गर्दा केहिमा पोजेटिभ देखिएपछि संकाश्पद १३ जनाको दोश्रोपटक पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गरिएको थियो । तर त्यसपटक पनि ४ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइमा राखिएका सबैजनामा पि.सि.आर. बिधीबाट परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनबाट भेटिएका संक्रमित मध्ये ११ जनालाई माडी क्याम्पसमा र एकजनालाई भरतपुर अस्पतालमा उपचारका लागि आइसोलेशनमा राखिएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा सो क्वारेन्टाइनमा दोश्रोपटक स्वाब संलकन गरेको हो । यसको रिपोर्ट २ दिनभित्र सार्वजनिक हुने माडी नगर जनस्वास्थ्य शाखाले जनाएको छ । (फाइल फाेटाे)

SwadeshPost