माडीका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. भ्याक्सिन

680
SwadeshPost

व्यवसायिक बाख्रापालन फष्टाउँदै गएको माडी नगरक्षेत्रका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको सहयोगमा माडी नगर पशुपंछी शाखाले गाउँगाउँमै पुगी खोप लगाइरहेको हो ।

नेपालमा २०५०/०५१ मा देखापरेको यो रोग लाग्दा बाख्रामा ज्वरो आउने र पखाला तथा निमोनियाका लक्षणहरु देखापर्ने हुन्छ । तीन महिनामाथिका बाख्रालाई भ्याक्सिन दिनुपर्ने व्यवस्था रहेको पशुपंक्षी शाखाले जनाएको छ ।

SwadeshPost