माडीको घाँघर खोलाबिचको बिजुलीको पोल ढल्ने अवस्थामा

623
SwadeshPost

चितवन । पूर्वी माडीको घाँघर खोलाबिचमा रहेको बिजुलीको पोल बाढीका कारण ढल्ने अवस्थामा पुगेको छ ।

खोलामा निर्माणाधीन पुल नजिकै रहेको सो पोल बाढीका कारण कोल्टिन पुगेको हो । पोल ढलेमा घाँघर खोलाभन्दा पूर्वपट्टी, माडी नगरपालिका वडा नं. ९ भरी बिजुली अवरुद्ध हुने निश्चित छ । सो पोललाई तत्कालै मर्मत गर्न स्थानीयबासीहरुले माग गरेका छन् ।

यता, माडीकै मगोई खोलामा रहेको बिजुलीको हाइटेन्सन पोल समेत कोल्टिएको छ । चनौलीबाट बसन्तपुरस्थित सबस्टेशनसम्म ३३ किलो भोल्टको बिजुली पु¥याउने सो पोल गतबर्षदेखि नै ढल्किएको हो । यसबर्ष ठूला बाढीहरु आउने मौसम सुरु भएकाले जुनसुकै दिन मगोई खोलामा ठूलो बाढी आई पोल ढल्नसक्ने सम्भावना छ । सो पोल ढलेमा पुरै माडी उपत्यकाभर अन्धकार छाउने भएकाले त्यसमा समेत सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

SwadeshPost