माडीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

112
SwadeshPost

चितवन । माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । गत असार ९ गते माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २९ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट जारी भएको हो ।

सो क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते ८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि १३ जनाको दोश्रोपटक कोरोना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइमा राखिएका सबैजनामा पि.सि.आर. बिधीबाट परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । माडीका ९ बाहेक चितवनका अन्य दुई महिला र एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

SwadeshPost