माडीकाे भित्री सडकहरुमा कालोपत्रे कार्य जारी

129
SwadeshPost

माडीको मुख्य हुलाकी सडकको कालोपत्रे कार्य अलपत्र परेपनि भित्री सडकहरुमा भने कालोपत्रे कार्य अगाडि बढेको छ । माडी नगरपालिका ५ स्थित दराई टोलदेखि बेलुवा गाउँसम्म पुग्ने १ किलोमिटर १७१ मिटर लामो सडक निर्माण आयोजना अन्तरगत कालोपत्रेको काम सुरु भएको हो ।

वागमती प्रदेश सरकारद्वारा विनियोजित १ करोड रुपैंयाको लागतमा सडक कालोपत्रे कार्य जारी रहेकोमा बेस तथा सबबेस निर्माण पुरा भई आज शुक्रबारदेखि कालोपत्रेको काम सुरु गरिएको माडी ५ वडाध्यक्ष रामबन्धु पोखेलले जानकारी दिनुभयो । मौसम र प्रविधीले साथ दिए एक साता अवधीमा कालोपत्रे कार्य सम्पन्न हुने उहाँको भनाई छ ।

SwadeshPost