छरछरेमा रहेको सीमा सुरक्षा बल (बिओपी) क्याम्पलाई कुर्सी र पङ्खा सहयाेग

193
SwadeshPost

माडी नगरपालिका वडा नं ५ छरछरेमा रहेको सीमा सुरक्षा बल (बिओपी) क्याम्पलाई कुर्सी र पङ्खा हस्तान्तरण गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का युवा नेता श्रीप्रसाद दवाडी र सञ्चारकर्मी नारायण सापकोटाले आज शनिबार ३ वटा पङ्खा र ८ वटा कुर्सी उपलब्ध गराउनुभएको हो ।

कुर्सी र पङ्खा हस्तान्तरण गर्दै माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले विओपीको कार्यलयमा धेरै समस्या रहेको जनाउँदै सहयोगी हरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । सामान ग्रहण गर्दै विओपी छरछरेका प्रहरी निरीक्षक थकाली थारुले समस्यामा भएको सहयोगले आफूलाई खुशी बनाएको बताउँदै समस्यामा सहयोग गर्न सम्पूर्ण समाजसेवी सहयोगीहरुलाई आग्रह गर्नुभयो ।

सिमा रक्षामा खटिएको शसस्त्र प्रहरी बल (बिओपी) कार्यालयमा रहने सुरक्षाकर्मी हरुका समस्यालाई समाधान गर्न सबैले पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।

SwadeshPost