परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरित

497
SwadeshPost

कारितास नेपालको सहयोग र नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) को आयोजनामा माडी ७, परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरण गरिएको छ । प्रति परिवार १ बोरा चामल,२ किलो दाल, २ किलो नुन, २ लिटर तेल, नुहाउने र लुगा धुने साबुन वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले चेपाङ परिवारको समस्यमा सहयोग गर्ने सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर्दै चेपाङ परिवारको समस्या समाधान गर्न नगरपालिकाले निरन्तर लागिरहेको बताउँनुभयो । कार्यक्रममा नेपाल ग्रामीण आत्मनिर्भर अभियान रुसेक का अध्यक्ष रविकिर पौडेलले चेपाङ परिवारको समस्याले आफुलाई अत्यन्त दुखित बनाएको बताउँदै यहाँका बालबालिकालाई थप सहयोग गर्न पहल गर्ने बताउनुभयो ।

राहत वितरण कार्यक्रममा नेकपा भरतपुर महानगरपालिका का अध्यक्ष राम न्यौपाने, माडी नगरपालिका वडा नं ७ का अध्यक्ष बालकृष्ण सापकोटा , नेकपाका युवा नेता तथा सामाजिक अभियन्ता श्रीप्रसाद दवाडी, वडा सदस्य रामबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । राहात ग्रहण गर्दै कमल चेपाङले विपत्तिको बेलामा सहयोग गर्ने सहयोगीहरुप्रति चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

SwadeshPost