माडीमा खोप अभियान सञ्चालन सुरू

283
SwadeshPost

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप लगाइनेछ । आज असार १३ गते सुरू भएको यो अभियान १७ गतेसम्म जारी रहने कार्यतालिका छ ।

अभियान अन्तर्गत आज असार १३ गते कल्याणपुर स्वास्थ्य चौकी कल्याणपुर, अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टा र माडी बहुउद्देशीय श्रोत केन्द्र लक्ष्मीबासमा खोप लगाइएको छ । भोलि असार १४ गते कल्याणपुर स्वास्थ्य चौकी कल्याणपुर, अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टा, नगर स्वास्थ्य केन्द्र टम्टा र सामुदायिक स्वास्थ्य इकाई बाँदरझुलाबाट खोप सेवा प्रदान गरिने छ ।

त्यसैगरी असार १५ गते गर्दी स्वास्थ्य चौकी बरुवा, बघौंडा अस्पताल बसन्तपुर, नगर स्वास्थ्य केन्द्र स्याउलीबास, नगर स्वास्थ्य केन्द्र जग्गनाथपुरी र सामुदायिक स्वास्थ्य इकाई बाँदरझुलाबाट खोप लगाइने छ । त्यस्तै असार १६ गते गर्दी स्वास्थ्य चौकी बरुवा, बघौंडा अस्पताल बसन्तपुर, नगर स्वास्थ्य केन्द्र माडी २ सितलपुर र नगर स्वास्थ्य केन्द्र राधापुरमा खोप लगाइने छ ।

अभियानको अन्तिम दिन असार १७ गतेका दिन सामुदायिक स्वास्थ्य इकाई बगही तथा खोप अभियानको क्रममा खोप लगाउन छुटेका महिला तथा बालबालिकालाई बघौडा अस्पताल बसन्तपुरबाट खोप लगाउने व्यवस्था मिलाइएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost