चितवनका विभिन्न स्थानमा पनि देखियाे सलह किरा

249
SwadeshPost

चितवनका विभिन्न स्थानहरूमा पनि सलह किरा देखिएको छ । पूर्वीचितवन र भरतपुर महानगरपालिका क्षेत्रमा सलह किरा भेटिएको हो ।

कृषि ज्ञान केन्द्र चितवनले जिल्लाका विभिन्न स्थानमा सलह किरा देखा परेको पुष्टी गरेको छ । केन्द्रका प्रमुख राजन ढकालले किसानहरुबाट सलह किरा देखा परेको जानकारी प्राप्त भएको जानकारी दिँदै अनुगमन गर्न लागिएको जानकारी दिनुभयो । अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अबलम्बन गर्न उहाँको आग्रह छ ।

शनिबार बिहान भारतको बिहार हुँदै नेपालमा सलह किरा भित्रिएको थियो । सुरुमा बारा र पर्सा जिल्लामा देखा परेको सलह किरा बेलुकासम्म पहाडी जिल्लामा समेत देखा परेको छ ।

SwadeshPost