माडीको स्याउलीबासमा व्यवसायिक मौरीपालन सुरु

371
SwadeshPost

माडीको स्याउलीबास गाउँमा मिराकल गार्डेन (प्रा.) लि.ले व्यवसायिक मौरीपालन सुरु गरेको छ ।

माडी-६, स्याउलीबासमा सो मौरीपालन व्यवसायको उद्घाटन गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा मौरीपालन व्यवसायको राम्रो सम्भावना रहेको औंल्याउँदै यसमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने बताउनुभयो । त्यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै मिराकल गार्डेनका सञ्चालक दामोदर देवकोटाले माडीका हरेक घरले मौरीपालन गरुन भन्ने लक्ष्यका साथ व्यावसाय सञ्चालन गरेको जनाउनुभयो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, माडी नगरपालिका कृषि शाखा प्रमुख किरण पौडेल, माडीका प्रहरी प्रमुखहरु लगायतले मौरीपालन व्यवसाय सफलताको शुभकामना दिनुभएको थियो । व्यवसाय उद्घाटनको लागि हाल १० वटा घारबाट सुरुवात भएको र अब घारहरु बढाउँदै समुदायमा विस्तार गरिने सञ्चालक देवकोटाले बताउनुभयो ।

SwadeshPost