माडीमा गैंडाले धानबाली विनाश गरेपछि किसान चिन्तित

615
SwadeshPost

निकुञ्जबाट बस्तीमा प्रवेश गरेको गैंडाले गएराती माडीको गोपालनगर गाउँमा धानबाली विनाश गरेको छ । गैंडाले माडी-७, गोपालनगर निवासी दिल बहादुर थापामगरको रोपाईंका लागि तयार रहेको धानको बीउ खाएर विनाश गरेको छ । त्यसैगरी हालै रोपाईं भएका केहि धानबाली समेत विनाश गरेको स्थानीयबासीले जनाएका छन् ।

बस्तीमा गैंडा प्रवेश गरी विनाश गरिरहेको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गर्दै गैंडा धपाएका थिए । धपाउने क्रममा खेतमा छिरेको गैंडाले धानबाली कुल्चेर थप विनाश गरेको छ । बिहान करीब ३:५० मा बस्ती छिरेको गैंडाको कारण गाउँ नै त्रसित हुन पुगेको थियो । धानको कलिलो बीउ र बिरुवा खान जंगली गैंडा नियमितजसो बस्तीमा छिर्न थालेको स्थानीयबासीहरु बताउँछन् ।

माडीका अन्य गाउँहरुहरुमा पनि जंगली जनावरहरुले दिने हैरानी बढ्दो क्रममा रहेको छ । स्थानीय सरकारले जग्गा बाँझो राख्न नपाउने नीति ल्याएको तर जंगली जनावरहरु छेक्न पर्याप्त ध्यान दिन नसकेको माडीका कृषकहरुको दुखेसो छ ।

SwadeshPost