देशभरका ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. समेत सुचिकृत

529
SwadeshPost

लोकप्रीय मोबाइल एप्स हाम्रो पात्रोमा अत्यधिक श्रोता सहभागिता पाउन सफल देशभरकै ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. सुचिकृत भएको छ ।

अनलाइनमार्फत विश्वभरका श्रोताहरुले रेडियो सुन्न प्रयोग गर्ने सो एप्समा २ हजारबढी श्रोता सहभागिता पाउन सफल ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. समेत अँटाएको एप्सका व्यवस्थापक सन्तोष देवकोटाले जानकारी दिनुभयो । सुचीमा परेका रेडियोहरुमा रेडियो नेपालसंगै उज्यालो, कान्तिपुर, कालीका, रामारोशन र स्वदेश एफ.एम. तथा खोजी अनलाइन रेडियो रहेका छन् ।

२०७४ साल माघ १५ गतेदेखि माडीको बसन्तपुरबाट प्रशारण सुरु गरेको स्वदेश एफ.एम.ले भू-सतहीय प्रशारण अन्तरगत बिहान ५ देखि राती १२ बजेसम्म लगातार १९ घण्टा प्रशारण गर्दै आएको छ । माडी क्षेत्रको लोकप्रीय एवं सर्बाधिक सुनिने रेडियोका रुपमा परिचित यस रेडियो पछिल्लो समय विश्वभरका नेपालीहरुमाझ लोकप्रीय हुँदै गएको छ ।

SwadeshPost