चि. रा.नि. भित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित

322
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबको पृष्ठ संख्या ७१ मा सो योजना सुचिकृत भएको हो । रणनैतिक पुल सडक निर्माण शीर्षक अन्तरगत ७३ औं नम्बरमा भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशे पुल निर्माण गरिने योजना समेटिएको हो । यद्यपि यस योजनाका लागि बजेट भने केवल ५० लाखमात्र विनियोजन गरिएको छ ।

यसबाहेक रातो किताबको पृष्ठ संख्या २७ को क्रमांक ३५३ मा माडी न.पा. २ भैरवपुर र माडी ३ को बैराठ गाउँ जोड्ने स्थानमा पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैंया विनियोजनको योजना प्रकाशित छ । त्यसैगरी सोही पृष्ठको क्रमांक नं. ३७७ मा माडी नगरपालिका २ र ४ जोड्नेगरी चितई खोला पुल निर्माण तथा क्रमांक नं. ३७८ मा माडी ३ को रतनी खोलामा पुल निर्माणका लागि लागि समान ४७ लाख ५० हजार रुपैंयाको योजना समेटिएको छ । त्यस्तै पृष्ठ संख्या ५९ को क्रमांक नं. १८ र १९ मा माडीमा निर्माण हुने पुलहरुको सम्भाव्यता अध्ययनको योजना समेत समेटिएको छ ।

SwadeshPost