रातो कितावमा आकाशे पुलकाे योजना बारे माडीबासीकाे सकारात्मक प्रतिक्रिया

183
SwadeshPost

चितवन । संघीय सरकारको रातो कितावमा निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना समावेश भएसंगै माडीबासीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर सो परियोजनामा केवल ५० लाखमात्र बजेट छुट्याइएको भन्दै कार्यान्वयमा शंका व्यक्त हुन थालेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले प्रकाशित गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबमा रणनैतिक पुल सडक निर्माण योजना शीर्षक अन्तरगत ७३ औं नम्बरमा भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशे पुल निर्माण गरिने लेखिएको छ ।

यसअघि, माडी क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरव भइरहँदा माडीवासीका लागि अभिशाप बनेको भन्दै पाँच वर्षभित्र माडी र भरतपुर जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरूङमार्ग वा आकासे पुलमध्ये एक निर्माण गरिने बताउनुभएको थियो ।

निकुञ्जभित्र आकाशे पुल निर्माणको प्रारम्भिक अध्ययनका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा समेत एक करोड रूपैयाँ छुट्याइएको थियो । आकासे पुल निर्माण गर्न सकिन्छ वा सकिँदैन त्यसको विस्तृत अध्ययन गरेर सरकारलाई बुझाउन सो बजेट छुट्याइएको भएपनि काम पुरा हुन नसकेको श्रोतले जनाएको छ ।

SwadeshPost