माडी नगरपालिकाको पाँचौ नगरसभा समापन

170
SwadeshPost

माडी नगरपालिकाको पाँचौ नगरसभा समापन भएको छ । ‘सम्पदा सम्पन्न माडी नगर; इको, कृषि पर्यटनको शहर’ भन्ने नारासहित गत असार १० गते सुरु भएको नगरसभा आज आइतबार सम्पन्न भएको हो ।

नगरप्रमुखको अध्यक्षतामा बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालित सो नगरसभामा जनप्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो । १२ दिनसम्म चलेको नगरसभाले आउँदो आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट; विनियोजन विधेयक, बार्षिक नगर विकास योजना सम्बन्धी बिधेयक लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

नगरसभाले आउँदो आ.व.का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट पारित गरेको हो । यसमध्ये चालु खर्चमा २० प्रतिशत र बाँकी सबै बजेट योजना तथा कार्यक्रमहरुमा खर्च गर्ने नगरपालिकाको योजना रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

SwadeshPost